
काठमाडौं ।काठमाडौं महानगरपालिकाले विद्यालयमा पठनपाठन सञ्चालन गर्न आवश्यक तयारी तत्काल सुरु गर्न शिक्षक र व्यवस्थापन पक्षलाई आग्रह गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा विद्यालयमा क्षति–विक्षति भएको भए मूल्याङ्कन गर्ने, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने र आवश्यक वातावरण सिर्जना गर्न निर्देशन दिइएको छ।
आगामी सोमबारदेखि कक्षा सञ्चालन गर्ने तयारी गर्दै महानगरले मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न र विद्यालयमा अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीलाई श्रव्यदृश्य माध्यमबाट कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij