
काठमाडौं । जेनजी आन्दोलनको क्रममा जलेको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जानकारी सही भएको बताएका हुन् । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।
डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij