
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जनाइएको छ । मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी दिएका हुन् ।
मुख्य सचिव अर्यालले आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
भदौ २३ गते युवाहरु भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij