
काठमाडौं ।जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडको छानबिन हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने भएको बताउँदै यसबारे छानबिन हुने बताएकी हुन् ।
पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् ।
यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताउँदै उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij