
काठमाडौँ । जेनजी आन्दोलनकारीहरूले सर्वोच्च अदालतमा आगजनी गरी जलाइदिएपछि सर्वोच्च अदालतले परिसरमा टेन्ट टाँगेर सेवा दिन सुरु गरेको छ ।आइतबार सर्वोच्चका कर्मचारीहरूले विभिन्न सूचनामूलक प्लेकार्ड टाँसरे सेवा दिन सुरु गरेका हुन् ।
मुद्दाका फाइलहरू कति खरानी भएका छन् । दराजभित्र रहेका काजजातसमेत जलेर नष्ट भएका छन् ।भएभरका जलेका फाइलहरू संकलन गरिएका छन् गरिँदै छन् । कर्मचारीसँगै अधिवक्ताहरू पनि सरसफाइमा सहयोग गरे ।
अदालतको भित्र रहेको ‘बन्द इजलास’ लेखिएको प्लेट बगैंचाको वालमा ल्याएर झुन्डाइएर प्राङ्गणको सरसफाइ सकाएर टेन्ट टाँगेर सेवा प्रवाह गर्न थालिएको छ ।
मंगलबार प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजानी गरेका कारण अदालत पूर्णरूपमा क्षति भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij