Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सम्भव भए आजै सानो क्याबिनेट बनाउने तयारीमा प्रधानमन्त्री कार्की

सम्भव भए आजै सानो क्याबिनेट बनाउने तयारीमा प्रधानमन्त्री कार्की

  • काठमाडौँ ।  विज्ञ अर्थमन्त्रीको खोजीमा रहेकी प्रधानमन्त्रीसुशीला कार्कीले आज साँझसम्म सानो आकारको मन्त्रिमण्डल बनाउने अपेक्षा गरिएको छ ।आफ्ना अनौपचारिक सल्लाहकार समूहसँग कसलाई मन्त्री बनाउने भनेर छलफल गरिरहेकी प्रधानमन्त्री कार्कीले एक क्याबिनेट बनाउने भएकी हुन् ।

    शपथका बेला राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सरकारमा सहभागीहरूको नाम तय गरी मन्त्री बनाउनु होला भनी भनेका थिए । कार्कीले गृह र अर्थमन्त्रालयमा अनुभवी र आमरूपमा पत्याउने खालका व्यक्तिको खोजी गरिरहेको जनाइएको छ ।  प्रधानमन्त्रीसहित २५ जना मन्त्री नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था भएपनि त्यति ठुलो बनाउने सोच उनको रहेको छैन् । 

    प्रतिनिधिसभा विघटनपछि फागुन २१ गतेलाई निर्वाचनको मिति तय भइसकेको छ। त्यसो हुँदा सुरक्षा र स्रोत दुवैका लागि गृह र अर्थमन्त्रालयमा अनुभवी व्यक्ति खोजिनु स्वाभाविक भएको स्रोतको भनाइ छ ।डिस्कर्ड एप्पबाट जेनजी ग्रुपले मन्त्री बनाउने नामहरूमा भोटिङ गरी छान्ने भएकाले समय लागि रहेको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij