Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

कार्की मन्त्रिपरिषद् : अर्थ रामेश्वरलाई, ऊर्जा कुलमानलाई, कानुन–गृह ओमप्रकाशलाई जिम्मेवारी

कार्की मन्त्रिपरिषद् : अर्थ रामेश्वरलाई, ऊर्जा कुलमानलाई, कानुन–गृह ओमप्रकाशलाई जिम्मेवारी

  • काठमाडौँ । जेन-जी आन्दोलनको दबाबमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञलाई सामेल गर्ने प्रक्रिया सुरु गरेको छ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार पहिलो चरणमा तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि व्यक्तिहरूको नाम टुंगो लगाइएको छ। अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई चयन गरिएको छ।

    प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्‌लाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छन्। यसले गर्दा टुंगो लागेका मन्त्रीहरूको भागमा थप मन्त्रालयहरूको जिम्मेवारी पनि पर्न सक्ने सम्भावना छ।

    जेन-जी आन्दोलनको दबाबपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij