
काठमाडौँ । देशभरका इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनले जेन-जी आन्दोलनका क्रममा भत्किएका भौतिक संरचनाको क्षति मूल्यांकन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने घोषणा गरेको छ।
एसोसियसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गर्दै यस अभियानमार्फत क्षतिग्रस्त संरचनाको मूल्यांकन, जोखिम आकलन, प्रयोगयोग्यता जाँच, वैकल्पिक व्यवस्थापन र पुनर्निर्माण सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।
विज्ञप्तिमा भनिएको छ, “विसं १९९० र २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा नेपाली प्राविधिक जनशक्तिले ठूलो योगदान पुर्याएको थियो। आगामी दिनमा पनि त्यही प्रतिबद्धतालाई निरन्तरता दिनेछौं।”
एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एशोसियसनको भवनको प्रारम्भिक निरीक्षण सुरु भइसकेको छ। उनले सम्पूर्ण इञ्जिनियरलाई यस अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij