
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij