Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बजारमा बढ्यो चहलपहल

बजारमा बढ्यो चहलपहल

  • काठमाडौँ । दशै तिहार नजिकिँदै जाँदा  बजारमा चहलपहल बढेको छ । बन्द भएका यातायात सेवा सञ्चालनमा आएका छन् भने दैनिक नियमितरूपमा काम जाने सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू कार्यालय जान थालेपछि कार्यालय समयमा सडकमा घुइँचो पहिले जस्तो बढ्न थालेको हो ।

     जेनजी आन्दोलन हिंसात्मक भइ आगजनी र तोडफोडले निजी र सरकारी सम्पत्तिको ठुलो हानि नोक्सानी भएको छ । निजी क्षेत्रमा भएको सम्पत्तिको क्षतिबाट निराश उद्योगी व्यवसायीहरूले पनि फेरि जुरमुराउन थालेका छन् । उनीहरूले खरानी टकटक्याएर उठ्नुपर्ने आह्वान पाएपछि उद्योगी व्यवसायीहरूले बजारका पसल कार्यालय खोल्न थालेका छन् । यातायात चल्न थालेपछि ग्राहकहरू बजारमा आएका छन् । बजार पुरानो अवस्थामा फर्किन थालेको महसुस खिचापोखरी क्षेत्रका एक व्यापारीले बताए । आगजनी र तोडफोडले अनिश्चिततामा फसेका  व्यवसायीहरूमा अन्तरिम प्रधानमन्त्रीको शपथ शान्तिपूर्ण ढंगले सम्पन्न भएबाट केही हौसला प्राप्त भएको हो । 

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायीहरूलाई निराशाबाट उठ्न आहवान गरेका थिए । अन्तरिम प्रधानमन्त्री कार्कीले पनि निजी क्षेत्रलाई सहयोग गर्ने बताएकी थिइन् ।अन्य उद्योगी व्यवसायीहरूको संगठनले पनि नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको भनी स्वागत गरेबाट प्रवाहित भएको सकारात्मक सन्देशले पनि बजारमा चहलपहल बढाउन मद्दत गरेको केही व्यापारीहरूको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij