
काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति भवनमा सोमबार शपथ लिएका घिसिङले पदभार ग्रहण गर्दै पहिलो निर्णय विद्युत् वक्यौता उठाउने निर्णय गरेका हुन् ।
मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।साथै ऊर्जामन्त्री घिसिङले खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहेका बेला ठुला व्यापारीहरूसँग डेडिकेटेड ट्रंकलाइन सेवाबाट दिइएको विद्युत्को महसुल भुक्तानीसम्बन्धी विवाद उत्पन्न भएको थियो । व्यापारीहरूले बिल लिएर आउ भुक्तानी लेउ भनेका बेला सुविधा लिएकाले भुक्तानी देउ भनी घिसिङले त्यतिखेर भनेका थिए । अहिले आफै कार्यान्वयन गर्ने हैसियतको मन्त्री बनेका घिसिङले पहिलो निर्णय वक्यौता उठाउने निर्णय गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij