Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

अर्थमन्त्री खनालको पदभार कार्यक्रमा किन आक्रोशित भए पौडेल ?

अर्थमन्त्री खनालको पदभार कार्यक्रमा किन आक्रोशित भए पौडेल ?

  • काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन गर्ने क्रममा एक व्यक्तिले आक्रोश पोखेका छन् । पर्वतका शालिकराम पौडेलले आक्रोश पोखेका हुन् ।

    ‘७ वटा जिल्लालाई मात्रै तोकेर बजेट बनाइएको छ । हाम्रा गाउँकालाई बजेट छैन,’  कर्मचारीलाई आफूले बोलेको कुरा नोट गर्न निर्देशन दिइरहेका मन्त्री खनालको छेउमा पुगेका पौडेलले भने । 

    त्यसपछि मन्त्री खनालले ‘एक छिन ल’ भन्दै रोक्दा उग्र शैलीमा भने   ‘हामीले पनि आन्दोलन गरेका हौँ । तपाईँ त्यसै मन्त्री भएको हो र ? कुरा सुन्नुस् यहाँ,’ भन्दै आक्रोश व्यक्त गर्न थाले पछि प्रहरीले उनलाई तानेको थियो ।  

    तर उनी नरोकिएपछि मन्त्री खनालले हात मिलाउँदै ‘हुन्छ, हजुरको शुभ नाम के पर्‍यो ?’ भनेर सोधेका थिए । जवाफमा पौडेलले आफ्नो परिचय दिँदै मन्त्रालयमा बदमासहरू रहेकोले आन्दोलन भएको बताएका थिए । ‘एक छिन मन्त्री भएर हुन्छ, काम गर्न कति सजिलो छ र ?’ उनले प्रश्न गरेका थिए ।

    उनले मौजुदा बजेट यिनै सचिवहरूले बनाएकोले हटाउन माग गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij