काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोमबार साँझ सुरु भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हो । गत सोमबार र मङ्गलबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका कारण केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बनेको अन्तरिम सरकारको पहिलो सुरु भएको हो । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्की नेतृत्वको मन्त्रिपरिषद्मा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ,अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।