
काठमाडौं । सरकारले पर्सि असोज १ गते (शोक दिवस) मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
सरकारले जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्दै, उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने तयारी गरेको छ । मन्त्री अर्यालका अनुसार, मृतकहरूलाई राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिनेछ ।
यससँगै सरकारले असोज १ गतेलाई देशव्यापी रूपमा शोक दिवसका रूपमा मनाउने र दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij