Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

सरकारले शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने घोषणा

सरकारले शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने घोषणा

  • काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    उनका अनुसार, ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्चका लागि ५ लाख गरी कुल १५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । उक्त रकम अर्थ मन्त्रालयमार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने छ ।

    यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकार गर्नेछ । मृत्यु भएका व्यक्तिहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउन सवारीसाधन तथा दुर्गम क्षेत्रका लागि हेलिकप्टर मार्फत शव लैजाने व्यवस्था मिलाइनेछ । साथै, दाहासंस्कारमा पनि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताए ।

    २३ र १४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको ज्यान गएको छ भने करिब २ हजार ३१६ जना घाइते भएका छन् । हाल देशका विभिन्न अस्पतालमा २८३ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij