Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

विद्यालय समय र पोशाकमा टिकटक बनाउन प्रतिबन्ध

विद्यालय समय र पोशाकमा टिकटक बनाउन प्रतिबन्ध

  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समयमा वा पोशाकमा टिकटक भिडियो बनाउन र सामाजिक सञ्जालमा पोस्ट गर्न रोक लगाउने निर्देशन दिएको छ ।

    मन्त्रालयले विद्यालयको शैक्षिक वातावरणलाई मर्यादित, अनुशासित र प्रभावकारी बनाउन आवश्यक कदमस्वरूप यस्तो निर्देशन जारी गरेको हो ।

    यसअघि शिक्षक तथा कर्मचारीले पढाइको समयमा टिकटक भिडियो बनाएको र पोशाकमै सामाजिक सञ्जालमा सार्वजनिक गरेको घटना देखिएको भन्दै मन्त्रालयले पुनः यस्ता गतिविधि नगर्न कडाइका साथ आग्रह गरेको छ ।

    मन्त्रालयका अनुसार, निर्देशन उल्लंघन गर्ने शिक्षक तथा कर्मचारीमाथि आवश्यक कारबाही गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij