Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, १९ वर्षअघिको ग्यालरी तयार गरिने

राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, १९ वर्षअघिको ग्यालरी तयार गरिने

  • काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संघीय संसद् भवन ध्वस्त भएपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा भने कायम छ । संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित पुरानो बैठक हलमा बैठक बस्ने व्यवस्था मिलाइएको छ ।

    सचिवालयका एक कर्मचारीले राष्ट्रिय सभाका सबै सामग्री जलेका कारण त्यहाँ बैठक सम्भव नभएको र तत्काल अन्य विकल्प नहुँदा सिंहदरबारको पुरानो हल प्रयोग गर्न लागिएको बताए ।

    उक्त हलमा अघिल्लो पटक २०४८ देखि २०६३ सालको पुनर्स्थापित संसद्सम्म राष्ट्रिय सभाको बैठक बसेको थियो । अन्तरिम संविधान २०६३ जारी भएपछि एकसदनात्मक व्यवस्थामा यस हलमा संसदीय समितिका बैठकहरू हुँदै आएका थिए ।

    नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रिय सभा र प्रतिनिधिसभा सरेपछि सो हलमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै आएको थियो ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित छ । सचिवालयले बैठकस्थल तयारीपछि अवस्था हेरेर बैठक बोलाउने तयारी गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij