Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

मंगलबार सुनको मूल्य तोलाको  २ लाख १७ हजार १०० रुपैयाँ  कायम , अहिले सम्मकै उच्च मूल्य

मंगलबार सुनको मूल्य तोलाको  २ लाख १७ हजार १०० रुपैयाँ  कायम , अहिले सम्मकै उच्च मूल्य

  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर तोलाको  २ लाख १७ हजार १०० रुपैयाँ  हुँदा नयाँ रेकर्ड कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार  छापावाल सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार बजारमा छापावाला सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाइ बनाउँदै बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ५ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी २ हजार ५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij