Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

इप्पानको पावर समिट फेरि रिसिड्युल्ड हुने

इप्पानको पावर समिट फेरि रिसिड्युल्ड हुने

  • काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गर्ने पावर समिटि ट्वेन्टी ट्वेन्टी फाइभ फेरि रिसिड्युल्ड हुने भएको छ । जेनजीको दुई दिने आन्दोलनले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेपछि यस्तो स्थिति बनेको हो ।

    इप्पानसम्बद्ध स्रोतका अनुसार अहिलेसम्म औपचारिकरूपमा यसअघि निर्धारित पावर समिटको समय एक महिना बाँकी रहेको भएपनि सरकारको स्थितिमा परिवर्तन भइसकेकोले यसबारे विचार गर्नपर्ने देखिएको हो ।

    इप्पानले सुरुमा  मिति १ र २ असोज २०८२मा पावर समिट ट्वेन्टी ट्वेन्टी फाइभको आयोजना गर्ने निर्णय गरेको थियो । त्यतिखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको थिएन् । पछि भारत भ्रमण तय भयो । त्यसमा भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागिता हुने देखिएकाले सो मिति सारिने निर्णय गरियो । 

    इप्पानले सो मिति सारिएको भनी जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘ अब पावर समिट, २०२५ साबिककै स्थान सोल्टी होटलमा आगामी ‘२९ र ३० असोज, २०८२ अर्थात १५–१६ अक्टोबर, २०२५ मा आयोजना हुनेछ । ’ सन् २००६ देखि हरेक २÷२ वर्षमा आयोजना इप्पानले  पावर समिट गर्दै आएको जनाउँदै  यो नवौ संस्करणको आयोजना हुने जनाएको थियो ।  इप्पानले ‘मिसन ट्वेन्टी अइट थाउजन्ड फाइभ हन्ड्रेड मेगावाट ः पावरिङ नेपाल , इनर्जिजाइजिङ रिजन’ नारा पनि तय गरिएको थियो । 

    इप्पानले जनाए अनुसार सरकारले अघि सारेको सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पु¥याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न÷गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्यले इप्पानले पावर समिटको नवौं संस्करण आयोजना गर्न लागेको छ । 

    यो समिटलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संरक्षकत्व प्राप्त भएको जनाउँदै  कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहने तय भइसकेको  जनाइएको थियो । प्रधानमन्त्रीले उद्घाटन गर्ने भनिएको सो कार्यक्रमबारे जनाउँदै इप्पानले  त्यतिखेर भनेको थियो ‘ नेपालको हरित ऊर्जा नेपालको समृद्धिको मात्र वाहक नभइ, एशियाकै आर्थिक विकासको पूर्वाधारको रुपमा उपलब्ध हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि आन्तरिक तथा बाह्य क्षेत्रमा के कस्ता रणनीतिहरु लिन तथा बनाउन आवश्यक छन् भन्ने विविध विषयहरुमाथि समिटमा छलफल हुनेछ ।’

    इप्पानले साउन १४ गते यसबारे जानकारी दिएको थियो । जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको इप्पानले पावर समिटि ट्वेन्टी ट्वेन्टी फाइभको विषयमा केही उल्लेख नगरेकोले त्यसमा रिसिड्युल्ड हुने सम्भावनालाई इन्कार गर्न नसकिने सम्बद्ध स्रोतले जनाएको छ ।

    हलै सार्वजनिक विज्ञप्तिमा इप्पानका अध्यक्ष गणेश कार्कीले भनेका छन ‘हामी नयाँ अन्तरिक सरकारले लगानीमेत्री वातावरण बनाउने अपेक्षा गरेको छौ, अहिलेको अवस्थामा देशको पुर्ननिर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौ ।’ साथै अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीहरुले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौतीहरु समाधानका लागि अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij