Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

बिहीबारदेखि शेयर बजार खुल्ने

बिहीबारदेखि शेयर बजार खुल्ने

  •  

    काठमाडौं । करिब एक सातादेखि बन्द रहेको शेयर बजार बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेप्सेलाई निर्देशन दिएपछि कारोबार खुल्ने निश्चित भएको हो।

    भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि चर्किएको आन्दोलन र कर्फ्यूका कारण भदौ २४ देखि सेयर कारोबार स्थगित गरिएको थियो। ठूलो आन्दोलनका बीच असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको भए पनि पछिल्ला दिनमा जनजीवन सामान्यतर्फ फर्किएपछि बजार खुलाउन दबाब बढ्दै गएको थियो।

    नेप्सेले असोज १ गतेबाट कारोबार खोल्ने तयारी गरे पनि शहीदहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि प्रक्रिया केही ढिलो भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij