Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

निक्षेप ५५ अर्बले घट्दा कर्जा प्रवाहमा पनि गिरावट, औद्योगिक तथा निर्माण क्षेत्रमा सानो वृद्धि

निक्षेप ५५ अर्बले घट्दा कर्जा प्रवाहमा पनि गिरावट, औद्योगिक तथा निर्माण क्षेत्रमा सानो वृद्धि

  •  

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ५५ अर्ब ७९ करोडले घटेर ७२ खर्ब आठ अर्ब नौ करोडमा सीमित भएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ४३ अर्ब ४५ करोडको गिरावटसँग मिल्दोजुल्दो भए पनि, यस पटक निक्षेपमा कमी देखिँदा कर्जा प्रवाहमा समेत असर परेको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा २ अर्ब ९३ करोड अर्थात् ०.१ प्रतिशतले घटेर ५४ खर्ब ९५ अर्ब पुगेको छ । यद्यपि वार्षिक आधारमा भने निजी क्षेत्रतर्फ कर्जा ८.० प्रतिशतले बढेको देखिन्छ ।

    निक्षेप संरचनामा मुद्दती निक्षेपको अंश घटेर ४८.४ प्रतिशतमा झरेको छ भने बचत निक्षेप ३७.५ प्रतिशत पुगेको छ, जसले तरलता व्यवस्थापनमा नयाँ चुनौती थपेको छ । संस्थागत निक्षेप अघिल्लो वर्षको तुलनामा अलिकति घट्दै ३५.१ प्रतिशतमा सीमित भएको छ ।

    क्षेत्रगत कर्जा प्रवाह हेर्दा औद्योगिक उत्पादन, निर्माण तथा सार्वजनिक सेवा क्षेत्रमा कर्जा सानो मात्रामा बढेको छ भने सेवा उद्योग, थोक तथा खुद्रा व्यापार र उपभोग्य क्षेत्रमा कर्जा घटेको छ । साथै, आवधिक, मार्जिन र रियलस्टेट कर्जा वृद्धि भए पनि हायर पर्चेज, नगद प्रवाह र अधिविकर्ष कर्जा घटेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij