
काठमाडौँ । चालु आवको पहिलो दुई महिनामा लक्षित राजस्व उठेको छैन् । आव २०८२/८३ को पहिलो दुई महिना साउन–भदौमा १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको भएको हो । भदौसम्म सवा दुई खर्ब राजस्व उठाउने अनुमान थियो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो ।
२५ भदौसम्म तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २५ असोजसम्म तिर्न सकिने गरी निर्णय गरेका हुन् ।
२३ र २४ भदौको देशव्यापी कफ्र्यू र निषेधाज्ञाका कारण कार्यालय बन्द भएको र करदाताले पेस गर्नुपर्ने विवरण र रकम तिर्न नसकेको जनाउँदै अर्थले यस्तो निर्णय गरेको हो । थप गरिएको अवधिभित्र विवरण र कर बुझाएमा जरिवाना, थप शुल्क र दस्तुर छुट हुने समेत मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij