
काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेर प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको हो । हिजो बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij