Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

पुँजी बजारमा देखिएको विसङ्गति  तथा समस्या पहिचानको लागि कार्यदल गठन

पुँजी बजारमा देखिएको विसङ्गति  तथा समस्या पहिचानको लागि कार्यदल गठन

  • काठमाडौँ । पुँजी बजारमा देखिएको विसङ्गति  तथा समस्या पहिचानको लागि कार्यदल गठन गरिएको छ ।  अर्थ मन्त्रालयले शुक्रबार तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि गर्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको ठोस योजनासहित पाँच दिन भित्र सुझाव पेस गर्न निर्देशन दिँदै ४ सदस्य कार्यदल गठन गरेको हो ।

    नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ३ सदस्य सहितको कार्यदल गठन गरिएको छ । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।

    जेनजी आन्दोलनको कारण एक हप्ता बन्द रहेको सेयर बजार बिहीबार खुलेको थियो । बिहीबार खुलेको सेयर बजार कारोबार सुरु भएको केही समय मै ६ प्रतिशतले घटेर बन्द भएको थियो ।  लगानीकर्ता सेयर बजार केही समयको लागि नखोल्न भन्दै माग राखेका थिए । जेनजी आन्दोलनको कारण लगानीकर्ताको मनोबल खस्किएको भन्दै सेयर बजार केही समयको लागि बन्द गर्न लगानीकर्ताको माग थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij