Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छन् । हाल तीन जना मात्रै मन्त्री नियुक्त गरेकी प्रधानमन्त्री कार्कीले स्वतन्त्र व्यक्तिहरु, पूर्व कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग निरन्तर छलफल गरिरहेकी छन् ।

    आजै मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने उद्देश्यले उनले जेनजीका केही प्रतिनिधि र आफ्ना निकट सहयोगीहरुसँग समेत परामर्श गरिरहेकी छन् । अहिलेसम्म महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सुदन गुरुङ, रक्षा बम र पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको नाम छलफलमा आएको बुझिएको छ । तर, अन्तिम निर्णय अझै भइसकेको छैन ।

    प्रधानमन्त्री कार्कीले करिब १० देखि १२ मन्त्री बनाउने र आवश्यकताअनुसार एक जनालाई दुई मन्त्रालयको जिम्मेवारी दिने योजनाबारे पहिले नै बताएका थिइन् । यसअघि उनले रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij