Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

मनसुनी वायु कमजोर, कोशीसहित पहाडी भू–भागमा वर्षाको सम्भावना"

मनसुनी वायु कमजोर, कोशीसहित पहाडी भू–भागमा वर्षाको सम्भावना"

  • काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ।

    मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

    हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij