Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

तातोपानी नाकाबाट आउन थाल्यो कन्टेनर

तातोपानी नाकाबाट आउन थाल्यो कन्टेनर

  • काठमाडौँ  । तातोपानी नाकाबाट आउन मालवस्तु लोड गरिएका कन्टेनरहरू आउन सुरु भएको छ । उत्तरी छिमेकी चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको हो ।  भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु सहित पाँच स्थानबाट पहिरो  हटाएर सडक यातायात सञ्चलन गरियो ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले , मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लियो । 

    अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा उपलब्ध सरोकारवालाहरूसँग छलफल गरियो ।

    चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएपछि मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरुलाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेका थिए । 

    सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौंको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij