Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा १२ निर्माण कम्पनी सूचीकृत

सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा १२ निर्माण कम्पनी सूचीकृत

  • काठमाडौँ । सार्वजनिक खरिद कार्यालयले ठेक्का लिएर सम्झौताअनुसार काम नगरेपछि विभिन्न कार्यालयको सिफारिसमा १२ निर्माण कम्पनीलाई  कालोसूचीमा सूचीकृत गरेको छ । कारबाही गरिए अनुसार  एउटा कम्पनीलाई डेढ र ११ कम्पनी एक वर्षका लागि सार्वजनिक खरिदका गतिविधिमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको हो ।
    डेढ वर्षका लागि कालोसूचीमा पर्नेमा डडेलधुराको पूर्णागिरी निर्माण सेवा छ। उक्त जिल्लाको भागेश्वर गाउँपालिकाको सिफारिसमा कार्बाहीमा परेको कम्पनीका सञ्चालक डम्बरबहादुर गैराल रहेको सार्वजनिक खरिद कार्यालयले बिहीबार जारी गरेको सूचनामा छ।
    सडक डिभिजन नेपालगञ्जको सिफारिसमा यू एण्ड आइ हिमचुली जेभी एक वर्षका लागि कार्बाहीमा परेको छ। यो जेभीमा डोल्पाका दुई कम्पनी हिमाल निर्माण सेवा र यू एण्ड आइ निर्माण सेवा छन्।
    यस्तै झापाको बुद्ध शान्ति गाउँपालिकाको एउटा ठेक्का जेभी बनाएर लिइ काम नगरेका विराटनगरका कम्पनी भूमि इन्फ्रास्ट्रक्चर र हिमालयन इन्फ्रास्ट्रक्चर एक वर्षका लागि कार्बाहीमा परेका छन्। भूमि भावेश बोहोरा र हिमालयन विभेश कार्कीको कम्पनी हो।
    बर्दियाको दुर्गा निर्माण सेवा, नुवाकोटको मनकामना कन्स्ट्रक्सन, बाँकेको राजेश निर्माण सेवा, सुनसरीको आरटी निर्माण सेवा, सिरहाको दीपज्योति निर्माण सेवा, गुल्मीको न्यासा कन्स्ट्रक्सन एण्ड सप्लायर्स र पाल्पाको सहयोगी कन्ट्रयाक्टर्स एण्ड ट्रेडिङ कार्बाहीमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij