Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, दुई दिनपछि अवरुद्ध सवारीसाधनलाई सहजता

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, दुई दिनपछि अवरुद्ध सवारीसाधनलाई सहजता

  •  

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा खसेको ठूलो पहिरो पन्छाएपछि दुई दिनदेखि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ । मंगलबार साँझ करिब ४ः३० बजे खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको थियो । डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार निरन्तर प्रयासपछि दुई दिन लगाएर पहिरो हटाइएपछि बुधबारदेखि सडक दुईतर्फी आवागमनका लागि खोलिएको हो ।

    सडक सुचारु भएपछि रोकिएका सयौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवागमन गर्ने यस महत्वपूर्ण राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा मालबाहक दुबै सवारी प्रभावित भएका थिए । अवरुद्ध अवधिमा केही यात्रुवाहक सवारी आंशिक रूपमा सडक खुलेको समयमा पार भए पनि मालबाहक सवारी भने लामो समयदेखि रोकिएका थिए । सडक सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायी सबैले राहत अनुभव गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij