Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

‘जेन–जी प्रदर्शन’मा भएको लुटपाट र आगजनीमा संलग्नमाथि कानुनी कारबाहीको निजी क्षेत्रको माग

‘जेन–जी प्रदर्शन’मा भएको लुटपाट र आगजनीमा संलग्नमाथि कानुनी कारबाहीको निजी क्षेत्रको माग

  •  

    काठमाडौँ । जेन–जी प्रदर्शनका नाममा भएका घुसपैठ, लुटपाट र आगजनीका घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न निजी क्षेत्रका तीन प्रमुख छाता संगठनहरू — नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स — ले संयुक्त रूपमा सरकारलाई आग्रह गरेका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा उक्त माग अघि सारेका हुन् ।

    भेटका क्रममा उनीहरूले सकारात्मक परिवर्तनका लागि युवाहरूले थालेको आन्दोलनमा बाह्य घुसपैठले अर्थतन्त्र र रोजगार क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको गुनासो गरेका छन् । उनीहरूको भनाइमा, देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याउने निजी क्षेत्रमाथि आक्रमण हुनु गम्भीर विषय हो, र दोषीमाथि तत्काल कानुनी कारबाही नभए व्यवसायी समुदाय थप हतोत्साहित हुनेछ ।

    त्यस अवसरमा, निजी क्षेत्रका प्रतिनिधिहरूले फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने माग पनि गरेका छन् । उनीहरूले निर्वाचनलाई खुला बजार अर्थतन्त्र र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने आधार मानेका छन् र त्यसका लागि सरकारलाई सहयोग र सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    निजी क्षेत्रले वर्तमान सरकारलाई सुधारको जग बसाल्ने अवसरको उपयोग गर्नुपर्ने सुझाव पनि दिएको छ । लगानी आकर्षणका लागि उनीहरूले निजी क्षेत्रको अगुवाइमा बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी सबै सरोकारवालालाई आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् ।

    यसैबीच, सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र बीमा सहजीकरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । साथै, मूल्य खारेज गरी भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरेपछि बजारमा पारदर्शी कारोबारको वातावरण स्थापित हुने अपेक्षा निजी क्षेत्रले व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij