Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

जोशी हाइड्रोपावरले अवितरित हकप्रद शेयर असोज २८ गतेदेखि लिलामीमा बिक्री गर्ने

जोशी हाइड्रोपावरले अवितरित हकप्रद शेयर असोज २८ गतेदेखि लिलामीमा बिक्री गर्ने

  •  

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि भदौ १९ गतेसम्म निष्कासन गरेको ६५ प्रतिशत हकप्रद शेयरमध्ये अवितरित भाग असोज २८ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशतका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। तर, तीमध्ये १ लाख ८९ हजार ९२७ कित्ता शेयर वितरण हुन नसकी बाँकी रहेका हुन्।

    उक्त बाँकी शेयर सर्वसाधारण समूहतर्फका हुन्। लिलामी प्रक्रिया कात्तिक ११ गतेसम्म खुला रहनेछ। प्रति शेयर १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ, र इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यमा गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण बाँकी कित्तासम्म माग गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त लिलामीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

    अवितरित सम्पूर्ण कित्ताको बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। हकप्रदबाट संकलित रकम कम्पनीले बैंक कर्जा भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ। कम्पनीले २०८० साल मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव दर्ता गराएको थियो, जसलाई बोर्डले जेठ २६ गते स्वीकृति दिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij