
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिजको अन्तिम र निर्णायक खेल आज खेल्दैछ। सिरिजमा दुवै टोलीले दुई–दुई खेल जितेकाले आजको मुकाबला फाइनलको रूपमा हेरिएको छ। खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको छ।
नेपालका लागि कप्तान इन्दु बर्माको नेतृत्वमा उपकप्तान पुजा महतो, रुबिना क्षेत्री, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रचना चौधरी, रुबी पोद्दार, कविता कुँवर, र सुमन बिष्ट खेल्ने छन्। निर्णायक खेल भएकाले दुवै टोली विजयी भएर सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij