Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

बिहीबार नेप्से परिसूचक २२.५९ अंक  बढेर २५८२  बिन्दुमा,कारोबार सवा पाँच अर्ब बढी

बिहीबार नेप्से परिसूचक २२.५९ अंक  बढेर २५८२  बिन्दुमा,कारोबार सवा पाँच अर्ब बढी

  • काठमाडौँ ।  बिहीबार नेप्से परिसूचक २२.५९ अंक  बढेर २५८२  बिन्दुमा पुगेको छ ।    कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढेपनि बजार बन्द हुँदा २२.५९ अंक  बढेर २५८२  बिन्दुमा पुगेको हो । सुरुमा सय बढी अंकले बढेका बेला नेप्से परिसूचक २६७५ अंकमा  पुगेको थियो ।  

    त्यसपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार नै स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो । बन्द हुँदा नेप्से २५८२ अंकमा कायम भएको छ ।

    दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो । २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij