Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, ६ प्रतिशत बोनसपछि कारोबार मूल्य ६७६ रुपैयाँ ४२ पैसा

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, ६ प्रतिशत बोनसपछि कारोबार मूल्य ६७६ रुपैयाँ ४२ पैसा

  • काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बैंकको शेयरमा ६ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।

    समायोजनपछि बैंकको शेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। नेप्सेले यो मूल्य अघिल्लो कारोबार दिन अर्थात् बिहीबारको अन्तिम मूल्य ७१७ रुपैयाँका आधारमा समायोजन गरेको जनाएको छ। यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ।

    एभरेष्ट बैंकले कात्तिक १२ गते (बुधबार), काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्तावहरू पनि पारित गरिने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij