Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल जारी

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल जारी

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आसन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहेको छ ।

    राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीगण र राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा ९एमाले०बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा ९माओवादी केन्द्र०बाट सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र वर्षामान पुन सहभागी हुनुहुन्छ ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा ९एकीकृत समाजवादी०बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव घनश्याम भुसाल सहभागी हुनुहुन्छ ।

    यस्तै, जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, जसपा नेपालबाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी सहभागी हुनुहुन्छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरूबीच पहिलोपटक संवाद भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij