Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

काठमाडौंमा आन्दोलन र प्रदर्शन गर्न अनुमति नदिइने

काठमाडौंमा आन्दोलन र प्रदर्शन गर्न अनुमति नदिइने


  • काठमाडौं । काठमाडौं जिल्लामा असोज २५ गते शनिबार हुने भनिएको विभिन्न समूहहरूको मोटरसाइकल र्‍याली तथा प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको छ।

    जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा जारी सूचनामा भदौ २५ गते बिहान ११ बजेबाट लागू हुने गरी उक्त निषेधाज्ञा जारी गरिएको उल्लेख छ। हालका दिनहरूमा “न्भल श् आन्दोलन” नामक समूहका युवाहरूले आयोजना गर्ने भनिएको प्रदर्शनका कारण सार्वजनिक सुरक्षा र शान्ति भंग हुने आशंका देखिएकाले यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

    सूचनामा भनिएको छ, शान्ति सुरक्षामा असर पर्ने, विरोध प्रदर्शन, जुलुस, र्‍याली, सभा वा भीड जम्मा हुने कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गरिएको छ। साथै, सुरक्षाका दृष्टिले असोज २५ गते बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्म काठमाडौं महानगरपालिकाको विभिन्न क्षेत्रहरूमा निषेधाज्ञा लागू रहने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij