Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

प्रधानमन्त्री कार्कीको भनाइ : निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध

प्रधानमन्त्री कार्कीको भनाइ : निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध

  •  

    काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको सहभागिताविना निर्वाचन सम्भव नहुने स्पष्ट गर्दै, सरकार यस विषयमा पूर्ण रूपमा जानकार रहेको बताएकी छन्।
    शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकारले आवश्यक शान्ति–सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन्।

    उनले हालको असन्तुष्टिका कारणलाई बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्न दलहरूलाई आग्रहसमेत गरिन्। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, प्रधानमन्त्रीले “जेनजीहरू सबैका छोरा–नाति हुन्, उनीहरूको असन्तुष्टि बुझ्नुपर्छ,” भन्ने संदेश दिइन्।

    बैठकमा राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताउँदै, फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा दलहरूलाई पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij