
काठमाडौँ । आइतबार सुनको मूल्यमा वृद्धि भई प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।
शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij