
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९वीर अस्पताल० का लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख २० हजार ५८० रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूबाट बिल भुक्तानीका लागि घुस रकम असुल गरेको भन्ने सूचनाका आधारमा आयोगले आइतबार छापा मारेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार दाहालको कार्यकक्षबाट घुस रकमसहित मोबाइल फोन र अन्य सम्बन्धित कागजातहरू पनि बरामद गरिएको छ। आयोगले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij