
काठमाडौँ । सुनको मूल्य वृद्धि भई सोमबार तोलाको २ लाख ४० हजार ४ सय नयाँ रेकर्ड मूल्य कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij