Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिइन्

मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिइन्

  • काठमाडौँ ।  मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्।शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जनाएकी हुन् । 

     लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेकी शर्माले  ‘मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागू हुने गरी यो राजीनामा पेस गर्दछु,’ राजीनामा पत्रमा तिवारीले लेखेकी छन्। 

     राजीनामा नदिने अडानमा रहेका मधेस प्रदेश सभामा मुख्यमन्त्री सिंह अल्पमतमा परिसकेका छन्। उनले अब विश्वासको मत लिनुपर्नेछ। 

    यसअघि सिंहलाई मुख्यमन्त्री बनाउने उनको आफ्नै दल  जनमतले समर्थन फिर्ता लिइसकेको छ। सत्ता गठबन्धनमा साथ दिएका कांग्रेस र एमालेले समेत समर्थन फिर्ता लिएर नयाँ सरकारका लागि दाबी पेस गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij