
जनकपुरधाम।काठमाडौँ । विश्वासको मत नलिएर मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा घोषणा गरेका छन् ।विश्वासको मत लिन डाकिएको सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन्।
पदबाट राजीनामामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा आपत्ति जनाए । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे।
उनलाई मुख्यमन्त्री बनाउने उनको दल जनमत पार्टीले समर्थन फिर्ता लिएपछि नै राजीनामा दिनुपर्नेमा अटेर गरी राजीनामा दिएको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।
जेनजी आन्दोलनका बेला नै मौखिकरूमा राजीनामा दिइसकेर पछि पदमा टाँसिरहेको प्रवृतिले उनको मात्रै नभई राजनीतिक दल भित्रको नराम्रो प्रवृतिका निरन्तरता दर्शाएकोमा पर्यवेक्षकहरूको आलोचना छ ।राजीनामा नदिने विश्वासको मत लिने अडान लिएका मुख्यमन्त्री सिंहले अन्ततः सदनमा राजीनामा दिन पुगे।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij