Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

  • काठमाडौँ ।उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

     

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । 

     

    समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ  प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो ।

     

    यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।

     

    सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १० अर्ब ५५ करोड रहेको थियो ।(

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij