
काठमाडौँ । मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहसहित १६ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार सिंहले विद्यालय र मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकम १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij