Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

  • काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

    विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक  हजार ३०० भन्दा बढी संस्थाका सदस्य किसानले कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा हासिल गरेको उपलब्धि र आगामी दिनमा अवलम्बन गर्न सकिने नवीन अभ्यासका बारेमा कार्य गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सङ्घका अध्यक्ष खेमबहादुर पाठक र विश्वविद्यालयको तर्फबाट योजना निर्देशनालयका निर्देशक प्रा डा शिवचन्द्र ढकालको उपस्थितिमा सङ्घका महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ र विश्वविद्यालयको तर्फबाट प्रा डा शारदा थपलियाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको हो ।

    सम्झौतापश्चात अध्यक्ष पाठक र विश्वविद्यालयको तर्फबाट प्रा डा थपलियाले बोल्नुहुँदै नेपालको पशुपालन र कृषि क्षेत्रको विकासका लागि यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौतामा दिगो कृषि, बीउ उत्पादन, जलवायु परिवर्तन अनुकूलन, सहकारी विकास, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग, विपद् जोखिम व्यवस्थापन गर्ने विषय उल्लेख छ । यस्तै, खाद्य सुरक्षा, जैविक खेती, कृषि पर्यटन, उद्यम विकास, बजार, नवीकरणीय ऊर्जा अनुसन्धान, नीति वकालत र ज्ञान–सूचना प्रवाहसम्बन्धी संयुक्त परियोजना निर्माण र कार्यान्वयन गर्ने विषय समावेश छ । 

    सम्झौतापत्रमा कृषि–खाद्य प्रणाली, कृषि सहकारी र ग्रामीण रुपान्तरणसम्बन्धी नीति संवाद, सेमिनार तथा कार्यशाला सञ्चालन गर्ने विषय समावेश छ । कृषि, वन तथा प्राकृतिक स्रोतसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, कृषि तथा वन क्षेत्रका विशेषज्ञता, तथ्याङ्क र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्ने विषय पनि सम्भौतामा समेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij