
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले प्रधानमन्त्री सिफारिसको विषयमा झूट बोलेको आरोप लगाएका छन्।
आईतवार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले प्रचण्डले आफूले नगरेको काम गरेको भनी गलत आरोप लगाएको स्पष्ट पारे। उनले राष्ट्रपतिको आग्रहमा प्रधानमन्त्रीको सिफारिसबारे छलफल भए पनि सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको दाबी गरे।
ओलीले भने, “यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन। अस्ती फेरि प्रचण्डजीले भयानक झूट बोल्नुभयो — केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभयो भनेर। यदि मैले सिफारिस गरेको प्रमाण छ भने देखाउनुपर्छ।”
उनले वर्तमान सरकारलाई असंवैधानिक भन्दै त्यसबारे पनि आलोचना दोहोर्याएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij