
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरूबीच हवाई भाडासम्बन्धी नयाँ सहमति भएको छ। कात्तिक २ गते क्यानका महानिर्देशकको अध्यक्षतामा वायु सेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिहरूबीच सम्पन्न बैठकले जेष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई सबै सेक्टरका हवाई टिकटमा अधिकतम भाडादरमा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
त्यसैगरी, ७५ वर्षभन्दा माथि उमेर समूहका यात्रुहरूलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई ८० प्रतिशतसम्म छुट दिइनेछ।
क्यानका अनुसार, फरक क्षमता भएका यात्रुहरूलाई पनि उमेरका आधारमा तोकिएको न्यूनतम ५० प्रतिशत छुट अनिवार्य रूपमा लागू गरिनेछ।
बैठकमा भएका यी निर्णयहरू आइतबारदेखि लागू हुने प्राधिकरणले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij