काठमाडौँ । अन्तरिम सरकारका दुई नयाँ मन्त्रीहरूले आइतबार शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमानयाँ मन्त्रीहरूले शपथ लिएका हुन् ।प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।
सिफारिसमा परेकाहरू को अन्तिम समयमा आएर नाम रोकिएकोले शपथ लिन नगएपछि दुई जनाको शपथ ग्रहण भएको हो ।रोकिएकाहरूमा खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो । सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij