Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

पहिलो त्रैमासिकमा सबै भन्दा बढी निर्यात हुने वस्तुमा भटमास तेल

पहिलो त्रैमासिकमा सबै भन्दा बढी निर्यात हुने वस्तुमा भटमास तेल

  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो  ३ महिनामा सबै भन्दा बढी निर्यात हुने वस्तुमा भटमास तेल परेको छ । पहिलो त्रैमासिकमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात हुँदा  ४२ प्रतिशत हिस्सा भटमास तेलको कायम भएको हो ।

    भन्सार विभागको तथ्यांक अनुसारभटमास तेल ३० अर्ब ६९ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबर निर्यात भएको छ । परिमाणको आधारमा भटमास तेल  १४ करोड ५५ लाख ४१ हजार ५ केजी निर्यात भएको छ। निर्यात धेरै हुने वस्तुको सूचीमा भटमास तेलपछि दोस्रो बढी निर्यात हुने वस्तु गलैंचा रहेको  छ । २ अर्ब ५७ करोड ५४ लाख ७ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ।

    सोही गरी सनफ्लावर तेल २ अर्ब १३ करोड ९५ लाख ४४ हजारको ३ करोड ९० लाख ६३ हजार ६३३ लिटर, फेल्टका सामान १ अर्ब ७३ करोड ९६ लाख, पाम ओलिन १ अर्ब ७३ करोड ३४ लाख, अलैंची एक अर्ब ५९ करोड, जुटका सामान १ अर्ब ४३ करोड ८७ लाख र यार्नका सामान १ अर्ब ४३ करोड ८७ लाखको निर्यात भएको विभागको तथ्यांक छ।

    गत आवको पहिलो  तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो। त्यसमा १ अर्ब ८३ करोडको गलैंचा, एक अर्ब ७२ करोड ८७ लाखको चिया, १ अर्ब ५७ करोड ८४ लाखको फेल्टका सामान, एक अर्ब २८ करोड ५३ लाखको यार्नका सामान र एक अर्ब २६ करोड २१ लाखको अलैंची निर्यात थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij