Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

शेयर बजारमा हरियाली, नेप्से २५७१.३४ पुग्यो , कारोबार साढे चार अर्ब बढी

शेयर बजारमा हरियाली, नेप्से २५७१.३४ पुग्यो , कारोबार साढे चार अर्ब बढी

  • काठमाडौँ । शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको  छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा उक्लेको हो । मंगलबार शेयरबजारमा ३१४ कम्पनीका शेयर कारोबार भए ।  कुल ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ कारोबारबाट ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
    शेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको बाहेक अन्य सबै समूहका परिसूचक सकारात्मक सन्देश दिएका  छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४.४७ प्रतिशतले बढेको छ ।
    यस्तै, जलविद्युत समूहको परिसूचक ३.९० प्रतिशत र जीवन बीमा समूहको परिसूचक ३.५५ प्रतिशतले बढेको छ । न्यादी हाइड्रोपावर लिमिटेड, बुटवल पावर कम्पनी तथा एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा कम्पनीमा  हिमालय पावर पार्टनर, युनिलिभर नेपाल लिमिटेड तथा बोटलर्स नेपालका शेयरधनी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij